राप्रपा गण्डकीको अध्यक्षमा खनाल

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

कास्की/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा अर्जुन खनाल निर्वाचित भएका छन्। पार्टीको पोखरामा सम्पन्न दोस्रो अधिवेशनले खनाललाई अध्यक्षमा निर्वाचित गरेको हो। 

अधिवेशनले अध्यक्षसहित ४१ सदस्यीय प्रदेश कार्यसमितिसमेत चयन गरेको छ। अध्यक्ष चयनका लागि निर्वाचन भएकामा कार्यसमितिका सदस्यहरू भने सर्वसम्मत चयन भएका हुन्।

खनालले गण्डकी प्रदेशका निवर्तमान अध्यक्षसहित प्रदेश सभा संसदीय दलका नेतासमेत रहेका पञ्चराम गुरुङलाई २५ मत अन्तरले पराजित गरे। कुल ४२८ मतदाता रहेकामा ३६० जनाले मतदान गरे। त्यसमध्ये सात मत बदर भयो। सदर मतमध्ये खनालले १८९ मत पाउँदा गुरुङले १६४ मत प्राप्त गरे।

निर्वाचित खनाल पार्टीको केन्द्रीय सदस्य, केन्द्रीय पर्यटन विभागका सदस्यसँगै गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की ३ का उम्मेदवारसमेत हुन्।

सुझावित समाचार