काठमाडौं / नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापति पदमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो।
निर्धारित समयभित्र भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।
भुसाल यसअघि गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट पनि उपसभापतिमा निर्वाचित भएकी थिइन्।