काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्ने समय पुनः सरेको छ। मतपत्र छपाइमा ढिलाइ हुँदा निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु गर्न नसकेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
असोज २३ गते बिहान ७ बजे ज्येष्ठ मतदाताबाट मतदान प्रारम्भ गरी दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने कार्यक्रम तय भएको सूचनामा उल्लेख छ।
‘रातभर लगाएर निर्वाचन गराउनु उचित नहुने भन्ने हामीलाई विभिन्न कोणबाट प्राप्त भएका सकारात्मक सुझाव तथा सम्भावित प्रतिकूल मौसमसमेतलाई दृष्टिगत गर्दै एवं पार्टी नेतृत्वले अहिले नै निर्वाचन प्रक्रिया बढाउन आग्रह गरेको भए तापनि रातको समयभन्दा बिहानको समयमा मतदान प्रारम्भ गर्नु उचित हुने देखिएको छ,’ सूचनामा उल्लेख छ।
