रघुवीर कार्कीले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसका युवा नेता रघुवीर कार्कीले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (मधेश खुला)मा उम्मेदवारी दर्ता गराएका छन्। कार्कीले मंगलबार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

२०६५ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का तर्फबाट पशुपति बहुमुखी क्याम्पसको स्ववियु सहसचिव निर्वाचित कार्की २०७४ सालमा नेविसंघको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

सर्लाहीबाट दोस्रोपटक महाधिवेशन प्रतिनिधि निर्वाचित कार्कीले कांग्रेस सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दा निर्वाचन परिचालन समितिको नेतृत्व गरेका थिए।

अधिवक्तासमेत रहेका कार्कीले पार्टीमा परिवर्तन र रूपान्तरणका लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए। ‘पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै नयाँ पुस्ताको सक्रिय सहभागिता र नेतृत्व स्थापित गर्न मेरो उम्मेदवारी हो,’ उनले भने।

सुझावित समाचार