कांग्रेस मकवानपुरका पूर्वसभापति अर्यालद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मकवानपुरका पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल ‘माइकल’ विभिन्न तरिकाले मत मागिरहेका छन्। हाल कांग्रेस बागमती प्रदेशको संगठन विभाग प्रमुख रहेका अर्याल खसआर्य समूहबाट केन्द्रीय सदस्यका उम्मेदवार छन्।

हेटौँडा उपमहानगर बुद्धचोकका अर्याललाई २०३६ सालको विद्यार्थी आन्दोलनले माइकलको परिचय दिएको हो। पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन चर्किएका वेला आन्दोलनमा लामबद्ध बनेका उनको छातीमा तातो गोली दागिएको थियो।

उनी ट्रेड युनियन कांग्रेस मकवानपुरका संस्थापक अध्यक्षसमेत हुन्। श्रमिकका मुद्दालाई राजनीतिको मूलधारसँग जोड्ने काममा पनि उनको सक्रियता रहँदै आएको समकालीनहरू बताउँछन्।

पार्टीलाई व्यक्ति केन्द्रित नभई नीति केन्द्रित गर्न केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेको बताउने उनी महाधिवेशन प्रतिनिधिलाई आश्वस्त पार्दै भनिरहेका छन्, ‘तपाईंको मतले मलाई होइन, विचार, संघर्ष र निष्ठाको राजनीतिलाई जिताउनेछ।’

सुझावित समाचार