नैनसिंह महरद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थल पुगेर महरले खुला समूहबाट महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

महरले पार्टीको नेतृत्व तहमा आफ्नो दाबी प्रस्तुत गर्दै महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

सुझावित समाचार