कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा हुँदै छ।

कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थल खुलामञ्चमा महाधिवेशन आयोजना हुन लागेको हो। यही स्थलमा अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको घोषणा गरेका थिए।

महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ। उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताका साथै प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने बताइएको छ।

महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसपटकको महाधिवेशनलाई नवपुस्ताको उल्लेख्य सहभागिताका कारण ऐतिहासिक भएको बताए। उनका अनुसार पार्टीको आन्तरिक प्रक्रियाबाट ४४ हजारभन्दा बढी युवा विभिन्न जिम्मेवारीमा आएका छन् भने उनीहरूसहित निर्वाचित सात हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
 

सुझावित समाचार