सुस्तावासीलाई नारायणीवारि सारियो

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

डुबानमा परेका पश्चिम नवलपरासीको सुस्ताका ८ सयजना भन्दा बढीलाई नारायणी नदीवारि सारिएको छ।

सुस्ताका थारू टोलमा बाढीका कारण विस्थापित भएका ८०० जनाभन्दा बढीलाई डुंगाको साहारामा नारायणीवारि सारिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए। डुबानमा नपरेका केही घरका मानिसलाई पनि जोखिमलाई मध्यनजर गर्दै नारायणीवारि ल्याउने तयारी भएको उनले बताए।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार विस्थापितहरूलाई सुस्ता गाउँपालिका- ५, पक्लिहवाको बिपी माविमा सारिएको छ। उनीहरूलाई पालिकाले खाना र बस्नको व्यवस्था मिलाएको अध्यक्ष उपाध्यायले जानकारी दिए।

सुझावित समाचार