बाढीपछिको अध्ययनमा सघाउने एडिबीको प्रतिबद्धता

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

भोटेकोशीको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकनमा एसियाली विकास बैंक (एडिबी)ले सघाउने प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्रिय निर्देशक आर्ना कोसवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा यस्तो बताएका हुन् ।

भेटमा जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको छ । सो क्रममा मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराएका थिए ।

यसैगरी, अबको करिडोर कस्तो हुनुपर्छ भन्ने अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टिम बनाइएको र अध्ययनपश्चात् एकीकृत अवधारणापत्र बनाउन लागेको मन्त्री श्रेष्ठले जानकारी गराए । कोसवाले मन्त्रालयको विज्ञ र प्राविधिक टिमसँग सहकार्य गर्न तयार रहेको बताएका ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । 

See More On

सुझावित समाचार