प्रनिस एप्पल स्टोरलाई दुई लाख जरिवाना

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

१८ सय रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख भएको एप्पलको पावर बैंक ३२ सय रुपैयाँमा बिक्री गर्ने जावलाखेलको प्रनिस एप्पल स्टोर एन्ड सर्भिस सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना तिराइएको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपभोक्ताले एमआरपीभन्दा बढी मूल्य लिइएको र बिलबिजकसमेत नदिएको उजुरी दिएपछि उक्त पसलमा बिहीबार एक टोली अनुगमनका लागि पुगेको थियो । त्यस क्रममा एमआरपीमा उल्लेख भएभन्दा बढी पैसा उपभोक्ताबाट लिएको र बिलसमेत जारी नगर्ने गरेको भेटिएको विभागका प्रवक्ता अनिल किराँतीले जानकारी दिए । ‘एमआरपीभन्दा बढी पैसा लिएको मात्र होइन, बिलसमेत जारी नगरी एप्पलका सामग्री बिक्री गर्ने गरिएको भेटियो,’ उनले भने, ‘त्यसपछि अनुगमनस्थलमै विभागका निरीक्षण अधिकृतबाट जरिवाना तिराइएको हो ।’

विभागले पछिल्लो समय एमआरपी लागू नगर्ने र बिलबिजक जारी नगर्नेलाई उपभोक्ता संरक्षण ऐन, ०७५ अनुसार अधिकतम जरिवाना तिराउने गरेको छ । ‘बजारमा प्रतिस्पर्धी व्यापारका माध्यमबाट उपभोक्ताहित कायम गर्न एमआरपीको सही कार्यान्वनय र अनिवार्य बिजबिजक जारी गर्नुपर्ने नियमलाई कडाइका साथ कार्यान्वयन गराउन खोजिरहेका छौँ,’ किराँतीले भने । 

See More On

सुझावित समाचार