एनएमबि बैंक र इसिमोडबिच सहकार्य

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)बिच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस साझेदारीले नेपालमा हरित वित्त क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ ।

यस सहकार्यअन्तर्गत इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई एनएमबिको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ । यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आइरहेको छ । बैंक र इसिमोडबिचको साझेदारीले विज्ञान, वित्त र दिगो विकासबिचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपालमा दीर्घकालीन र वातावरणमैत्री आर्थिक विकासका लागि योगदान पुर्याउने विश्वास लिइएको छ ।

सुझावित समाचार