एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ सार्वजनिक गरेको छ ।
६ असोजदेखि छठ पर्वसम्म लागू हुने यस योजनाअन्तर्गत एमजीका विभिन्न मोडेलका नयाँ गाडी खरिद गर्ने ग्राहकले तीन लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् । त्यस्तै, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्सजस्ता सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।
अफरमा एमजी एचएस, पिएचइभी, एचइभी, एमजीयू९ इभी, एमजी आइएम६, एमजीएस६ इभी, एमजिएस५ इभी र एमजी४ लगायतका मोडेल समावेश छन् ।
हालै नेपाली बजारमा सार्वजनिक गरिएको एमजी एचएस, पिएचइभी, एचइभीले आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ ।
त्यसैगरी, एमजियू९ इभी क्षमता र बहुउपयोगिताका लागि तयार गरिएको इलेक्ट्रिक पिकअप हो । त्यसैगरी, एमजिएस६ इभीमा १८० किलोवाटको मोटर, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ । त्यस्तै, एमजिएस ५ इभी ४३.९९ लाखदेखि आकर्षक मूल्यमा उपलब्ध हुने कम्पनीले बताएको छ ।