यातायात तथा पारवहन समिति उपसभापतिमा पौडेल मनोनीत

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा अटोमोबाइल व्यवसायी मेघराज पौडेल मनोनीत भएका छन् । महासंघले कार्यकारिणी समिति सदस्य लीलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो ।

महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताबाटमहत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । 

पौडेल लामो समयदेखि नेपालमा अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय रहँदै आएका छन् । 

See More On

सुझावित समाचार