इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्सपिरियन्स लाइफ विथ सिजी’अन्तर्गत बडादसैँ र तिहारलाई लक्षित गर्दै ‘भरोसा नेपालीको, उत्सव दसैँ, तिहारको’ चाडपर्व योजना सार्वजनिक गरेको छ । यसको प्रमुख आकर्षण एक लाख दुई हजारसम्मको आकर्षक क्यासब्याक रहेको छ ।
कम्पनीका अनुसार ग्राहकले सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनरलगायतका घरायसी उपकरणको खरिदमा यो छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले चाडपर्वको किनमेललाई उत्साहजनक बनाउनुका साथै ग्राहकलाई उत्कृष्ट बचतको अवसर प्रदान गर्ने कम्पनीले बताएको छ ।
त्यसैगरी, फ्रन्ट लोड वासिङ मेसिन किन्दा ६ केजी सर्फ एक्सेल, टप लोडिङ वासिङ मेसिनमा चार केजी सर्फ एक्सेल, सेमी अटोमेटिक वासिङ मेसिनमा दुई केजी सर्फ एक्सेल प्राप्त गर्न सक्नेछन् । साथै, माइक्रोवेभ ओभन किन्दा कुकिङ किट र एयर कन्डिसनरमा निःशुल्क जडान सेवा उपलब्ध हुने बताइएको छ । यो योजना २६ भदौदेखि सीमित अवधिका लागि लागू गरिएको छ ।