दुबईमा घिउ निर्यातपछि डिडिसी याक चिज थाइल्यान्ड निर्यात सुरु

पहिलो खेपबापत ३० किलो याक चिज निर्यात

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

दुग्ध विकास संस्थान (डिडिसी)ले हिमाली याकबाट उत्पादित चिज थाइल्यान्डमा निर्यात गर्न थालेको छ । निजी क्षेत्रसँगको सहकार्यमा औपचारिक च्यानलबाट बैंककमा पहिलो खेपबापत ३० किलो याक चिज निर्यात भएको डिडिसीका महाप्रबन्धक डा. शरण पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैंककमा रहेका नेपाली समुदायले सञ्चालन गरेका रेस्टुरेन्टलक्षित निर्यात सुरु भएको हो । ‘थाई नागरिकहरूले चिज धेरै नै मन पराउने गरेको पायाैँ । त्यसैले, पहिलो चरणमा परीक्षणका लागि ३० किलो याक चिज पठाएका छौँ,’ उनले भने, ‘आउँदा दिनमा माग बढेअनुसार थप परिमाण निर्यात गर्न सकिन्छ ।’

प्रधानमन्त्री बालेन्द्र शाहले केही समयअघि याक चिजकै प्रवर्द्धन गरेका थिए । प्रधानमन्त्रीकै सक्रियतामा डिडिसी उत्पादनको प्रचारप्रसार भएपछि कर्मचारीले उत्पादन वृद्धि गरेर बजार बढाउने काम गरिरहेका छन् । महाप्रबन्धक पाण्डेकै सक्रियतामा डिडिसीको घिउ पहिलोपटक दुबईसमेत निर्यात भएको थियो ।

डिडिसीले याक चिज वार्षिक ६० हजार किलोभन्दा बढी उत्पादन गर्ने गरेको छ । याक चिज नेपाल आउने विदेशी पर्यटकले धेरै मन पराउने भएकाले ठुला होटेल, रेस्टुरेन्ट र हिमाली तथा पहाडी पर्यटकीय क्षेत्रमै खपत हुने गरेको छ । 

See More On

सुझावित समाचार