लाइसेन्स छपाइ तथा वितरण गर्न त्रिपक्षीय सम्झौता

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणका लागि त्रिपक्षीय सम्झौता भएको छ । लाइसेन्स छपाइ तथा वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबिच सम्झौता भएको हो ।

पूर्वाधार विकास मन्त्रालयमा मंगलबार भएको त्रिपक्षीय सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (इभिएलभिआरएस)मार्फत जारी हुने लाइसेन्सको डेटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाइ हुने व्यवस्था गरिएको छ ।

उक्त प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्याउने कार्यलाई व्यवस्थित गर्न यो सम्झौता महत्वपूर्ण हुने बताइएको छ ।

सुझावित समाचार