आज मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर दुई हजार ६५४ अंकमा पुगेको छ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा आज सात अर्ब चार करोड रुपैयाँको कारोबार भएको छ।
आजको बजारमा अन्य समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। अन्य समूहको सूचक १.३६ प्रतिशतले बढेको छ। त्यस्तै जीवन बिमा ०.८२, लगानी ०.४८, माइक्रोफाइनान्स ०.४८, विकास बैंक ०.४३, बैंकिङ ०.३५ र होटल तथा पर्यटन समूह ०.३१ प्रतिशतले बढेका छन्।