नेपाल बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबिच नेपाल बैंकमा कार्यरत कर्मचारीको जीवन बिमा गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र नेसनल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीको उपस्थिति थियो ।
सम्झौताअनुसार यस बैंकमा कार्यरत कर्मचारीको जीवन सुरक्षालाई लक्षित गरी जीवन बिमा सुविधा उपलब्ध गराइनेछ । कर्मचारीको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताले बैंकका कर्मचारीलाई बिमामार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी पदाधिकारीले कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बिमाको महत्व रहेको उल्लेख गर्दै यस प्रकारको सहकार्यले संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।