काठमाडाैं । आज मंगलबार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरोलगायतको विनिमयदर घटेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको विनिमयदर बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१.५९ रुपैयाँ र बिक्रीदर १५२.१९ रुपैयाँ रहेको छ। यसैगरी, युरो एकको खरिददर १६९.९० रुपैयाँ र बिक्रीदर १७०.५७ रुपैयाँ छ।
युके पाउन्ड स्टर्लिङ एकको खरिद र बिक्रीदर क्रमशः २०२.०२ रुपैयाँ र २०२.८२ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ। एक अस्ट्रेलियन डलरको खरिददर १०५.८२ र बिक्रीदर १०६.२४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर १०७.५५ र बिक्रीदर १०७.९८ रुपैयाँ निर्धारण गरिएको छ।
केन्द्रीय बैंकले जापानी येन १० को खरिददर ९.५८ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर २२.६९ रुपैयाँ र बिक्रीदर २२.७८ रुपैयाँ तथा दक्षिण कोरियाली वन सयको खरिददर ११.४० रुपैयाँ र बिक्रीदर ११.४४ रुपैयाँ तोकेको छ।