६३ जिल्लाका सबै वडामा कांग्रेस अधिवेशन सम्पन्न

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन लम्बिएको छ । शनिबार र आइतबार सक्ने भनिएको वडा अधिवेशन सोमबार पनि सम्पन्न हुन सकेन । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार ६३ जिल्लामा सबै वडामा अधिवेशन सम्पन्न भएका छन् । १० जिल्लामा आंशिक रूपमा वडा अधिवेशन सम्पन्न भएको छ ।

भोटेकोशी बाढी प्रभावित रुसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन हुन बाँकी छ । सिराहामा विवादका कारण वडा अधिवेशन नै सुरु हुन सकेको छैन । बाढी प्रभावित जिल्लाका लागि अधिवेशन गर्न १२ असोजसम्मको समय दिइएको छ । रसुवाको अधिवेशन समय भने तोकिन बाँकी छ ।

वडा अधिवेशनबाट वडा कार्यसमिति चयनका साथै क्षेत्रीय प्रतिनिधि हुँदै महाविधेशन प्रतिनिधि चयन हुन्छन् । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्न क्रियाशील सदस्यता अनिवार्य चाहिन्छ । कांग्रेसले आठ लाख ७० हजार क्रियाशील सदस्य रहेको जनाएको छ । महाधिवेशन प्रतिनिधिको उम्मेदवार क्षेत्रीय प्रतिनिधि मात्र बन्न पाउँछन् । केन्द्रीय नेतृत्वमा पुग्न महाधिवेशन प्रतिनिधि हुनैपर्छ ।

सुझावित समाचार