काठमाडौं - गत फागुनमा सम्पन्न निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि भएको कपडा खरिदका विषयमा संसद्को सार्वजनिक लेखा समितिले अध्ययन गर्न उपसमिति गठन गरेको छ । रास्वपा सांसद मनीष झाको संयोजकत्वमा शुक्रबार उपसमिति गठन भएको हो ।
समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको उजुरी परेपछि त्यसमा अध्ययन हुन लागेको हो । प्रहरीले भने सम्बन्धित निर्वाचन प्रहरीलाई पोशाक खरिदको पैसा नगद नै दिइएकोले यसमा कुनै अनियमितता नभएको दाबी गरेको छ । समितिले सुरुमा अध्ययन गर्ने र त्यसको आधारमा छानबिन गर्ने नगर्ने निर्णय गर्ने सांसद खुश्वु ओलीले बताइन् ।
रास्वपाकै सांसद खगेन्द्र सुनारले खरिदमा अनियमितता भएको भन्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको राजीनामा समेत माग्दै आएका छन् । उनलाई पनि राखेर अध्ययन समिति गठन भएको हो । सुरुमा समितिमा उनलाई राखिएको थिए । सुनारले आफुलाई संयोजक नै मानेका थिए । पछि सदस्यमा राखिएको हो । समितिको बैठकमा अध्ययन समिति बनाउने कि छानबिन समिति भन्नेमा पनि विवाद देखिएको थियो ।
निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० तथा सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी भर्ना गरेको थियो । उनीहरुलाई पोशाक खरिदका लागि नगद नै दिइएको थियो । तर, प्रहरीले जिल्लाअनुसार ठेकदारलाई तोेकेर सहजीकरणी गरी लाभ लिएको आरोप लागेको छ । समितिलाई दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धिबारे संसदीय समितिले अध्ययन गर्ने
सुझावित समाचार
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय समितिले अध्ययन गर्ने
रास्वपा सांसद मनीष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर : ४२ करोड सम्पत्ति जफत हुने, सोहीबराबर बिगो तिर्नुपर्ने
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन् …
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका– २, एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घ…
नागरिकता नियमावली राजपत्रमा प्रकाशित, अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने(राजपत्रसहित)
काठमाडौं- नेपाल नागरिकता नियमावली (पाँच संशोधन) राजपत्रमा प्रकाशित भएको छ। नियमावलीमा जुनसुकै जिल्लाबाट पनि नागरिताको प्रति…
निजामतीपछि प्रहरी विधेयक अघि बढाउने तयारी
सरकारले निजामती सेवापछि प्रहरी सेवासम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई व…
रसुवागढी बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव
मुस्ताङमा सीमा पूर्वाधार बनाउन पनि सहयोगको आश्वासन