काठमाडौं- नेपाल नागरिकता नियमावली (पाँच संशोधन) राजपत्रमा प्रकाशित भएको छ। नियमावलीमा जुनसुकै जिल्लाबाट पनि नागरिताको प्रतिलिपि निकाल्न सकिने प्रावधान छ ।
संशाधित नियमावलीको दफा १६ घमा भनिएको छ,‘ (१) ऐनको दफा ३ बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको नेपाली नागरिकले नियम १६ख. को उपनियम (१) को खण्ड (क), (ख), (ग) र (ङ) को अवस्था भई आफूले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जिल्ला भन्दा बाहेकको अन्य जिल्लाबाट प्रतिलिपि लिन चाहेमा अनुसूची–१८ बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न गरी निवेदन दिन सक्नेछ ।’
यसका लागि राष्ट्रिय परिचयपत्र नम्बर चाहिन्छ । नागरिक सूचना व्यवस्थापन प्रणालीमा रुजु गराएर जुनसुकै जिल्लाबाट यसरी नागरिकताको प्रतिलिपि सिडिओ कार्यालयले वितरण गर्नेछन्। नियमावली राजपत्रमा प्रकाशन भएसँगै यो कार्यान्वायनमा गएको गृह मन्त्रालयले जनाएकोछ।
साथै, नागरिकता वितरणलाई व्यवस्थित गर्न हरेक जिल्लाो कोड नम्बर तय गरिएको छ । ताप्लेजुङको कोड नम्बर ०१ तथा पूर्वी नवलपरासीको ७७ रहेको छ । काठमाडौंको २७, ललितपुरको २८ तथा भक्तपुरको २९ राखिएको छ ।
यस्तो छ संशोधनका प्रावधान-