पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको पटेश्वरीसुगौली गाउँपालिका– १, मलाईटोलमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार राति करिब १० बजे गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरी टोली पुगेपछि संलग्न व्यक्तिहरू भाग्न खोजेका थिए। त्यस क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो।
घटनास्थलबाट पटेश्वरीसुगौली गाउँपालिका– १ बस्ने ५० वर्षीय महेश सहनी र ३४ वर्षीय नन्दलाल सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि सोही ठाउँकी ७५ वर्षीया भुटी भन्ने भुरी चौधरीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।