रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका नवलपुरको मध्यविन्दु नगरपालिकाका १२ जनाको आज कुशको शव बनाएर अन्तिम संस्कारको तयारी गरिएको छ।
मध्यविन्दु– १ का तीनजना र मध्यविन्दु– ५ बाघखोरका नाैजना रोजगारीका लागि रसुवाको टिमुरे पुगेका वेला बाढीमा बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दासमेत उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कारको तयारी गरेका हुन्।
आफ्ना आफन्तको शवसमेत देख्न नपाई अन्तिम संस्कार गर्नुपर्ने अवस्थाले परिवारजन र सिंगो मध्यविन्दुमा गहिरो शोक छाएको छ।