रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। लामिछानेले बुधबारका लागि शीर्ष नेतृत्व सहभागी हुने गरी बैठक आह्वान गरेका हुन्।

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए। खरेलका अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन)सम्बन्धी छलफलका लागि बैठक बोलाइएको हो।

सुझावित समाचार