सल्यानमा शनिबार बिहान भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्रिवेणी गाउँपालिका– ५, सिम्कका ५० वर्षीय डिल्लीबहादुर वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यसअघि सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा त्रिवेणी गाउँपालिका– ६, पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र वडा नं ५ सल्लेकी १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको थियो।
त्रिवेणी गाउँपालिका– ५, सिम्कबाट दाङ तुलसीपुर जाँदै गरेको लु.प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो सिम्कमा दुर्घटना भएको थियो। दुर्घटनामा अन्य तीनजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।