महालक्ष्मी विकास बैंक तेस्रोपटक आइएसओ ९००१:२०१५ बाट प्रमाणित

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक अन्तराष्ट्रियस्तरमा मान्यताप्राप्त आइएसओ ९००१:२०१५ बाट लगातार तेस्रोपटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएबमोजिम बैंक ३२ साउन ०८१ देखि लागू हुने गरी आइएसओ प्रमाणित भएको थियो । त्यस्तै, ०८२ भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित भएको थियो । 

त्यस्तै, साउन ०८३ मा भएको तेस्रो सर्भिलियन्स अडिटबाट पनि ३२ साउनदेखि लागू हुने गरी पुनः प्रमाणित भएको हो । बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंक एक्टिभिटिज’अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको छ । यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरू महालक्ष्मी अग्रणी बैंक बनेको हो । 

अन्तर्राष्ट्रिय मापदण्डअनुरूप गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान, ग्राहक सन्तुष्टि सुनिश्चित तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर सुधार गर्न सक्ने संस्थाले मात्रै यस्तो प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था छ । आइएओ प्रमाणपत्र प्राप्तिका लागि यस बैंकको नीतिनियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिटसमेत गरिएको बताइएको छ । 

सुझावित समाचार