सुनको मूल्य तोलामा तीन हजार एक सय रुपैयाँले घट्यो

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको हो।

महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला तीन लाख चार हजार तीन सय रुपैयाँ निर्धारण गरेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार घटेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला ४० रुपैयाँले घटेर चार हजार ७२५ रुपैयाँ कायम भएको छ।

शुक्रबार चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार