सन् २०२६ को अगस्टमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । ०२५ अगस्टको तुलनामा यो महिना पर्यटक आगमन ३.६५ प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ । ०२६ को अगस्टमा ८५ हजार चार सय ४४ विदेशी पर्यटक आएका छन् । अघिल्लो वर्षको अगस्टमा ८८ हजार ६ सय ८० पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनील शर्माले बताए ।
अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार तीन सय ७३ जना पर्यटक आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । त्यसपछि चीनबाट १० हजार तीन सय चारजना पर्यटक नेपाल आएका छन् ।
गत वर्षको अगस्टमा आएका पर्यटकको संख्यामा ३६.७८ प्रतिशतले बढेको छ । त्यस्तै, श्रीलंकाबाट आउने पर्यटकको संख्यामा ४६.२४ प्रतिशतले वृद्धि भएर आठ हजार सात सय १० जना पर्यटक आएका छन् । त्यस्तै, अमेरिकाबाट ६ हजार दुई सय ९३, बंगलादेशबाट चार हजार चार सय ८७ र बेलायतबाट तीन हजार चार सय ७६ जना पर्यटक नेपाल आएका छन् ।