रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका नागरिकको उद्धार तथा राहतका लागि रामेछापमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले एक लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण धेरै धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्दै सहकारीले राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने हेतुले एक लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
यसैबिच जिल्ला सहकारी संघले बाढीका कारण अकल्पनीय रूपमा मानवीय र भौतिक क्षति पुगेकाले तत्काल उद्धार, राहत र पुनर्निर्माणका लागि सहयोग गर्न जिल्लामा भएका सहकारी संस्थाहरूलाई आग्रह गरेको छ।