रसुवा बाढीमा कोशी प्रदेशबाट १३० जना अझै सम्पर्कविहीन

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवामा गएको बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट गएका १३० जना व्यक्ति सम्पर्कविहीन भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हराएकामध्ये आठजना सम्पर्कमा आइसके पनि अझै विभिन्न जिल्लाका १३० जना हराइरहेका छन्। 

सबैभन्दा बढी सोलुखुम्बु (सोलु) जिल्लाबाट ३८ जना हराएका छन्। यसैगरी सुनसरीबाट १७, मोरङबाट १४, उदयपुरबाट १३ र ओखलढुंगाबाट १२ जना सम्पर्कविहीन छन्। झापाबाट आठ, इलामबाट नाै, ताप्लेजुङबाट ६, संखुवासभाबाट तीन, खोटाङबाट आठ, धनकुटाबाट एक र भोजपुरबाट एकजना हराइरहेका छन्। 

कोशीको पाँचथर र तेह्रथुम जिल्लाबाट हराएकाहरूको कुनै विवरण प्राप्त भएको छैन। कोशी प्रहरी र स्थानीय प्रशासनले रसुवा बाढीमा कोही आफन्त सम्पर्कविहीन भएको भए नजिकको प्रहरी वा प्रशासन कार्यालयमा जानकारी प्रहरीले सार्वजनिक सूचना जारी गरेका छन्। 

प्रहरीका अनुसार रसुवा बाढीमा सम्पर्कविहीन भएकाहरूमा धेरैजसो कामको सिलसिलामा रहेका र धार्मिक तीर्थाटनमा गएकाहरू रहेका छन्। 
  
 

सुझावित समाचार