बागमतीका मुख्यमन्त्री किरण थापाले लिए शपथ

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएका थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकारको नेतृत्वमा पुगेका थापाले प्रदेश सभाका ६३ सांसदको समर्थनसहित सरकार गठनको दाबी गरेका थिए। उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ।

थापाको नियुक्तिसँगै बागमती प्रदेशमा नयाँ सत्तासमीकरणले औपचारिकता पाएको छ। मुख्यमन्त्रीको शपथसँगै अब मन्त्रिपरिषद् विस्तार र सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

यद्यपि, थापाको नियुक्तिलाई लिएर राप्रपाभित्र भने विवाद देखिएको छ। सरकारलाई समर्थन गर्ने विषयमा पार्टीभित्र फरक–फरक धारणा सार्वजनिक भइरहेका वेला प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

सुझावित समाचार