कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ

शुक्रबार, २२ भदौ, २०८०
डिजिटल संस्करण

कोशी प्रदेशमा नवगठित सरकारमा आजै तीन मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्कीले आजै तीनजना मन्त्री र एक राज्यमन्त्री रहेको मन्त्रिमण्डल गठन गरेका छन् । 

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्बाेलाई ऊर्जा, पाँचकर्ण राईलाई वन तथा वातावरण र एकराज कार्कीलाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका छन् । यस्तै, सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका छन् । 

कार्की आजै दोस्रोपटक कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सुझावित समाचार