राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय दलकाे बैठक बाेलाएका छन् । आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा बैठक बस्न लागेकाे हाे ।
महामन्त्री विपिन आचार्यका अनुसार बैठकमा पछिल्ला दिनहरूमा आएका समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा मन्त्रीहरूलाई पनि बाेलाइएकाे छ ।