प्रधानमन्त्री शाह र भारतीय स्थलसेनाध्यक्ष सेठबिच शिष्टाचार भेटवार्ता

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय सेनाका स्थलसेनाध्यक्ष धीरज सेठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् । 

उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका थिए । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । 

नेपाल र भारतबिच सन् १९५० देखि एक–अर्को देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधानसेनापति सिग्देल र सेनाध्यक्ष सेठबिच द्विपक्षीय भेटवार्तासमेत भएको थियो ।

सुझावित समाचार