कुमारी बैंकले गर्‍यो बिमा दाबीबापत १० लाख भुक्तानी

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाताअन्तर्गत लाभग्राहीलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकको गढवा शाखाले दुर्घटनापछि मृत्यु भएकी खुमा पौडेलका श्रीमान्को परिवार सुरक्षा बचत खातासँग सम्बन्धित १० लाख रुपैयाँबराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बिमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बिमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महŒवपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

यस्तो सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ । बैंकका देशभरमा दुई सय ८५ शाखा, ४१ विस्तारित काउन्टर, तीन सय दुई एटिएम, ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।

सुझावित समाचार