ग्यास आपूर्ति सहज गराउन शनिबारदेखि काठमाडौंको पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरिएको छ। आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा विभिन्न ब्रान्डका ग्यासहरू चाबहिलको यातायात कार्यालयपरिसर, कीर्तिपुरको राधास्वामी परिसर, वसुन्धराको राधास्वामीपरिसर र बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयको पुरानो भवनपरिसरबाट ग्यास बिक्री वितरण सुरु गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
चाहबिलको यातायात कार्यालयपरिसरबाट नेपाल र एचपी ब्रान्डको ग्यास बिक्रीको व्यवस्था मिलाइएको छ । त्यस्तै, कीर्तिपुरको राधास्वामीपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डको ग्यास बिक्री गरिएको छ । वसुन्धराको राधास्वामीपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालयपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ग्यास वितरण हुने व्यवस्था मिलाएको निगमले जनाएको छ ।

टेकुबाट भने विगतमा जस्तै नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सिद्धार्थ, श्री र हिमाल ब्रान्डको ग्यास बिक्री हुने निगमले जनाएको छ । बिहान १० देखि साँझ ६ बजेसम्म ग्यास वितरण हुने निगमले सूचनामार्फत जानकारी दिएको छ । ग्यास वितरण केन्द्रमा अहिले उपभोक्ताको लामो लाइन लागेको छ ।
हेर्नुस केही तस्बिरहरु :












