बिपी राजमार्ग दुईतर्फी अवरुद्ध

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

बिपी राजमार्ग काभ्रेपलाञ्चाेक खण्ड दुईतर्फी अवरुद्ध भएको छ। गएरातिदेखि परेको अविरल वर्षातको कारण लेदो र पहिरोले गर्दा दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकका अनुसार काभ्रेपलाञ्चाेक जिल्लाको रोशी गाउँपालिका– ९, पिन्थली, नार्केस्थितमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो आई बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

वर्षाका कारण लेदो र पहिरोको कारण राजमार्ग अवरुद्ध भएकोले यात्रा गर्दा सुरक्षित यात्रा गर्न र सुरक्षाकर्मीसँग बुझेर मात्र यात्रा गर्न रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले अनुरोध गरे । अवरुद्ध राजमार्ग प्रहरी र स्थानीयको सक्रियतामा खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार