राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । सभापति लामिछाने बुधबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषय तथा सुनसरी घटनाबारे छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
लामिछानेले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै आफूले आह्वान गरेको सर्वदलीय बैठकका विषयमा पनि राष्ट्रपति पौडेललाई अवगत गराएको बताइएको छ।
राष्ट्रपति पौडेलसँगको भेटलाई पछिल्लो राजनीतिक परिस्थितिबारे दलहरूबिच संवाद र समन्वयको प्रयासका रूपमा हेरिएको छ।