प्रधानमन्त्रीलाई गगनको चेतावनी– कालो कर्तुत गरे कांग्रेसले छाड्दैन

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण
प्रधानमन्त्रीलाई गगनको चेतावनी– कालो कर्तुत गरे कांग्रेसले छाड्दैन

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई कालो कर्तुत नगर्न सचेत गराएका छन्।

कालो वस्त्र व्यक्तिको निजी छनोटको विषय रहेको बताउँदै थापाले कालो कर्तुत भने नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिए। बिपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

‘हाम्रा सांसद साथीहरू नागरिकको जीवनसँग जोडिएका विषयहरू संसदमा उठाइरहनुभएको छ। भीष्मराज आङ्देम्बेले उठाउनुभएको एउटै प्रश्न काफी छ– कालो चस्मा लगाउनुस्, तपाईंको छनोट, कालो वस्त्र धारण गर्नुस् तपाईंको छनोट। म केही बोल्दिनँ,’ उनले भने, ‘तर तपाइँले कालो कर्तुत गर्नुभयो भने म छाड्दा पनि छाड्दिनँ।’
 

सुझावित समाचार