कामना सेवाद्वारा नेपालपे कार्ड इस्युइङ र अक्वायरिङ सुरु

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको इस्युइङ र अक्वायरिङको सुरुवात गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यअनुरूप यो सेवा सुरु गरेको जनाएको हो । सेवाअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड प्रदान गर्नेछ । साथै, देशभरका एटिएमबाट नेपालपे कार्डका साथै डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिनेछ ।

बैंकले अन्य कार्ड स्किमका साथै नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको नेसनल कार्ड स्किम–नेपालपे कार्ड पनि प्रदान गर्ने भएको छ । एनसिएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेपश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ ।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटिएम र पिओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै, रुपे कार्डलगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने बताइएको छ ।

सुझावित समाचार