विशेष अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा विशेषले साधारण तारेखमा छाड्न भनेको हो।
उनलाई गत ८ असारमा पक्राउ गरी मुद्दा दायर गरिएको थियो।
पौडेलले लाभ लिएको भन्ने पर्याप्त आधार नभएको भन्दै उनलाई अदालतले साधारण तारेखमै छाड्न भनेको हो।
उनलाई २० कराेड ९० लाख बिगो कायम गरी मुद्दा दायर भएको थियो। बिचौलिया दीपक भट्टलाई फाइदा हुने गरी निर्णय गरेर लाभ लिएको अभियोग पौडेलमाथि थियो।


