पूर्वमन्त्री एवं एमाले नेता विष्णु पौडेललाई पाँचौँपटक म्याद थप भएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले पौडेललाई थप तीन दिन हिरासतमा राख अनुमति दिएको हो।
पौडेल सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। बिचौलिया दीपक भट्टसँग संदिग्ध कारोबार देखिएपछि उनी पक्राउ परेका हुन्।