महाधिवेशनपछि आन्दोलनमा जानुको विकल्प छैन : प्रचण्ड

शनिबार, २० असार, २०८३
डिजिटल संस्करण

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनपछि आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् । उनले घटना जेसुकै भए पनि आन्दोलन हुने भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

लुम्बिनी प्रदेशस्तरीय पार्टीको कार्यक्रममा बुटवलमा सम्बोधन गर्दै उनले महाधिवेशन सफल पार्न जुट्न पनि आह्वान गरे । उनले जनताको जित निश्चित रहेको पनि ठोकुवा गरे ।

यस्ता विचार हिन बहुलठ्ठीपूर्ण तत्वहरूको जित नेपालमा हुन सक्दैन । जनतालाई भरोसा गरौँ, जनतामा जाऔँ, उनले भने । कार्यक्रममा नेकपाका सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रास्वपाका बारेमा अहिले नै धेरै चर्चा गर्न नपर्ने हेर्दै जानुपर्ने उल्लेख गर्दै कुनै सिद्धान्त, समर्पण, त्याग नभएकालाई कसरी जनताले भोट दिए समीक्षा गर्नुपर्ने धारणा राखे । उनले अहिलेको परिस्थितिमा पार्टीको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठले निर्वाचित अधिनायकवादतर्फ जाने बाटो सरकारले लिएको आरोप लगाए । उनले समाजवाद र संविधानको विरोधी पार्टीका रूपमा रास्वपा रहेको आरोप पनि उनले लगाए । कार्यक्रममा वर्षमान पुन, बलदेव खनालसहितका नेताहरू सहभागी थिए । 

See More On

सुझावित समाचार