मन्त्रिपरिषद्का १० निर्णयः सदाचार नीति स्वीकृतिदेखि विभिन्न निकायमा नियुक्तिसम्म

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक गरिएको छ । बैठकले तीन निकायमा नियुक्ति गर्नुका साथै सदाचार नीति पारित गरेको छ । 

यस्ता छन् निर्णयहरू-
१. अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई संघीय संसदसमा पेस गर्न स्वीकृति दिने 

२.नेपाल प्रहरीका आठ एआइजीको सरुवा गर्ने(डा.मनोज केसी- अपराध अनुसन्धान विभाग, राजन अधिकारी,-प्रहरी एकेडेमी, उमाप्रसाद चतर्वेदी- सिआइबी, शिद्धिबिक्रम शाह -प्रदेश समन्वय विभाग , सुशीलसिंह राठौर- उपत्यका प्रहरी कार्यालय, ईश्वर कार्की -मावनस्रोत विकास विभाग, डम्बर विक-प्रशासन विभाग, हिमालयन श्रेष्ठ– कार्य विभाग

३.गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने 

४.सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने

५. विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने 

६. शिक्षा नियमावली(दसौँ संशोधन), २०८३ स्वीकृत गर्ने 

७.राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्ने

८.राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने  

९.सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता (बिबिएनजे) अनुमोदनका लागि संघीय संसदमा पेस गर्न स्वीकृति दिने 

१०.कमैया श्रम(निधेष गर्ने) सम्बन्धी नियमावली २०८३ स्वीकृत गर्ने 
 

सुझावित समाचार