इतिहासमा आज

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

सन् १९४५ : अप्रिल २५ देखि अमेरिकाको सन् फ्रान्सिस्कोमा आयोजित विशेष सम्मेलनको अन्तिममा ५० देशले संयुक्त राष्ट्र संघको बडापत्रमा हस्ताक्षर गरे । यसमा संयुक्त राष्ट्र संघको उद्देश्य, सिद्धान्त र संरचनाको रूपरेखा उल्लेख थियो । अक्टोबर २४ मा यो बडापत्र कार्यान्वयनमा आएको दिनलाई संयुक्त राष्ट्र संघको स्थापना दिवस मानिन्छ ।

सन् १४९८ : यस दिन चीनमा दाँत माज्ने ब्रसको आविष्कार भएको रेकर्ड भेटिन्छ । 

सन् १७१८ : पिताको शासनविरुद्धको षड्यन्त्रमा सहभागी भएको आरोपमा मृत्युदण्ड पाएका रुसी सम्राट् पिटर महान्का छोरा जेलमा मृत फेला परे । 

सन् १७९४ : फ्रेन्च गणतन्त्रविरुद्ध आक्रमण गर्न आएको बेलायत, नेदरल्यान्ड, ह्याब्सबर्ग, हानओभरको गठबन्धन फौज पराजित भयो । 

सन् १८५७ : पहिलोपटक भिक्टोरिया क्रस पदक वितरण गरियो । अघिल्लो वर्ष जनवरी २९ मा स्थापना भएको भए पनि यो पदक यो दिन क्रिमिया युद्ध लडेका ६२ सैनिकलाई तिनको बहादुरीका लागि प्रदान गरियो । 

सन् १९१७ : पहिलो विश्वयुद्धमा भाग लिन युरोप गएका १४ हजार अमेरिकी फौज फ्रान्सेली तटमा ओर्लिए । ढिलो युद्धमा प्रवेश गरेको अमेरिका सोही वर्ष अप्रिल ६ मा युद्धमा सहभागी भएको थियो । 

सन् १९६० : ब्रिटिस सोमालिल्यान्डले बेलायतबाट स्वतन्त्रता हासिल गर्यो । पाँच दिनपछि छेउको इटलीको कब्जामा रहेको सोमालिल्यान्डसँग मिलेर सोमाली गणतन्त्र स्थापना भएको थियो । 

सुझावित समाचार