प्रधानमन्त्री बालेन्द्र शाहका नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उनले खुलातर्फ उम्मेदवारी दिएका हुन्।
कम्प्युटर इन्जिनियर ढकालले रिस्क इन्जिनियरिङ तथा मेनेजमेन्टमा स्नातकोत्तर गरेका छन् । ढकाल सार्वजनिक प्रशासन विषयमा पिएचडी गर्दै छन्।
प्रधानमन्त्रीको सचिवालयमा बसेर उनले सरकारको सुशासनको अभियानको नेतृत्व गरिरहेका छन्।
चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा आज केन्द्रीय सदस्य पदका लागि मतदान हुँदै छ। ९९ केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी परेको छ।