आरजुलगायतमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालगायतमाथि पासपोर्ट छपाइसम्बन्धी ठेक्कामा अलग्गै अनुसन्धान हुने जनाएको छ । नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचारजन्य कार्य गरे–गराएको हुन सक्ने देखिएको भन्दै अनुसन्धानका क्रममा उनलाई म्याद तामेल गरिएको थियो ।

उनीसहित त्यसमा संलग्न केही कर्मचारीहरूसमेतका हकमा थप अनुसन्धान गर्नुपर्ने र मिसिल खडा गर्नुपर्ने देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

फरक विषय, वारदात, प्रतिवादी र प्रकृति भएमा छुट्टै अनुसन्धान अभियोजन गर्ने भन्ने विशेष अदालतको फैसलाको नजिर उल्लेख गर्दै अख्तियारले तत्कालीन परराष्ट्रमन्त्री आरजुबारे अलग अनुसन्धान हुने भनेको हो ।

हाल पूर्वप्रधानमन्त्रीसमेत रहेका श्रीमान् शेरबहादुर देउवासहित हङकङमा रहेकी आरजुलाई यसअघि नै अख्तियारले बयानमा बोलाइसकेको छ । तीन दिनभित्र उपस्थित हुन भन्दै गत मंगलबार उनको बुढानीलकण्ठस्थित घरमा सूचना नै टाँसेको थियो । तर, आरजु हालसम्म पनि उपस्थित भएकी छैनन् । 

सुझावित समाचार