कर्णाली नदीमा श्रमदान गर्न गएका युवा बेपत्ता

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

बर्दियाको कर्णाली नदीमा श्रमदान गर्न गएका एक युवा बेपत्ता भएका छन्। गेरुवा गाउँपालिका- १, ओखरिया इन्टेकनजिक कर्णाली नदीमा श्रमदान गर्न गएका राजापुर नगरपालिका- ४, शान्तिपुरका १८ वर्षीय नारायण चौधरी बेपत्ता भएका हुन्।

धान रोप्ने वेला सिँचाइ अभाव हुन नदिन राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पाँच हजार किसानहरू श्रमदान गर्न गएका थिए। श्रमदान गर्न गएका चौधरी बेपत्ता भएपछि खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताए। उनले भने, ‘बेपत्ता भएका चौधरी खोजी कार्य जारी रहेको छ।’

सुझावित समाचार