सन् १९५३ : इजिप्टमा जारी भएको नयाँ संविधानले देशबाट औपचारिक रूपमा राजतन्त्र अन्त्य भयो । आर्मी जनरल मोहम्मद नागुइब देशका पहिलो राष्ट्रपति चुनिए ।
सन् ६१८ : चिनियाँ गभर्नर लली युआनको राज्याभिषेकसँगै चीनमा ताङ वंशको शासन सुरु भयो, जुन वंशले पछि गएर चीनमा झन्डै तीन सय वर्ष चलायो ।
सन् १८१२ : स्वतन्त्र बनेपछि अमेरिका र बेलायतबिच बढ्दो तनावबिच यसै दिनबाट युद्ध सुरु भयो ।
सन् १८१५ : ‘बाटरलुको युद्ध’मा नेपोलियन बोनापार्ट नेतृत्वको फ्रान्सेली सेना गठबन्धन फौजसँग पराजित भयो । यस हारसँगै नेपोलियनको युग अन्त्य भयो, उनलाई स्थायी रूपमा निर्वासनमा पठाइयो ।
सन् १८६४ : रुसी नियन्त्रणमा रहेको पोलिस भूभागमा उठेको ‘जनवरी विद्रोह’ डेढ वर्षपछि अन्ततः यसै दिन दबाइयो ।
सन् १९१२ : अमेरिकाको रिपब्लिकन पार्टीको सिकागोमा बसेको राष्ट्रिय सम्मेलनले विलियम टाफ्टलाई पार्टीको उम्मेदवार छानेसँगै अर्का आकांक्षी तथा रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति थियोडोर रुजबेल्ट अलग पार्टी ‘प्रोग्रेसिभ पार्टी’ गठन गर्न अघि बढे ।
सन् १९१८ : एमेलिया इअरहार्ट हवाईजहाजबाट आन्द्र महासागर पार गर्ने पहिलो महिला बनिन् ।
सन् १९७९ : अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र सोभियत नेता लियोनिड ब्रेजनिभले आणविक हतियार कटौतीसम्बन्ध ‘साल्ट द्वितीय’ सन्धिमा हस्ताक्षर गरे ।
सन् २०१८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई छैटौँ शाखा ‘अन्तरिक्ष फौज’ निर्माण गर्न निर्देशन दिए ।